समाचार

थुनुवालाई छुटाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ



काठमाडौँ, २५ जेठ । कारागारमा रहेका थुनुवालाई छुटाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार वैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाइदिन्छु भनी ४ लाख रुपैयाँ ठगी गरेको आरोपमा चौतारा नगरपालिका-१ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ बस्ने ४२ वर्षीय सञ्च तामाङलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।