राजनीति

पन्तको प्रस्तावः संसद् भवनमा टिष्टा काँगडा सामेल गरिएको नक्सा राखौ



काठमाडौ २६ जेठ । नेकपा एमालेका सांसद् रघुजी पन्तले नेपालको संसद् भवनमा पनि टिष्टा काँगडासामेल गरिएको नक्सा राख्नुपर्ने प्रस्ताव अघि सार्कानुभएको छ । शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद् पन्तले नेपालको कपिलवस्तु समेटिएको नक्सा भारतको संसद् भवनमा राखिएको र नेपालको संसद् भवनमा पनि टिष्टा काँगडासामेल गरिएको नक्सा राख्नुपर्ने बताउनुभयो ।

पन्तले भन्नुभयो,‘भारतीय विदेशमन्त्री र भारतीय विदेश मन्त्रालयका प्रवक्ताले मित्र देश नेपालले कपिलवस्तु समेटिएको नक्साबारे चित्त बुझाइसक्यो भनेर भन्नुभएको छ । के नेपालले चित्त बुझाएको हो । यदी भारतले संसद् भवनमा राखेको नक्सा ऐतिहासिक र सांस्कृतिक भनेर आफ्नो संसद्मा राखिराख्न पाउँछ भने हामीले सतलजसम्म पुगेको हाम्रो सिमाना टिष्टा काँगडा पनि सामेल गरिएको नक्सा हाम्रो संसद्मा राख्दा के हुन्छ ?