Banner News

नागरिकता विधेयकविरुद्धको रिटमा अन्तरिम आदेश भएन, मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश



काठमाडौँ, २६ जेठ । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउने आदेश गरेको छ ।

सर्वोच्चले यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश दिने नदिने निर्णयका लागि शुक्रबारको मिति तोकेको थियो । तर, शुक्रबार प्रकाशमानसिंह राउत र सुष्मलता माथेमाको संयुक्त इजालसले मन्त्रिपरिषद्को निर्णयको सक्कल कपी झिकाउने आदेश गरेको हो ।

संयुक्त इजलासले अर्को पेसी भने यही जेठ ३० गतेका लागि तोकेको छ ।