Banner News

सभापति देउवाद्वारा एकताबद्ध भएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन



काठमाडौँ, २७ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् ।

सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिवद्ध रहेको बताए ।

सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । उनले भने, “अहिले कांग्रेसलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा पार्टीको संगठनलाई गाउँगाउँमा, घरघरमा, वडावडामा पुर्याएर मजवुत बनाउने काममा सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दछु ।”