राजनीति

मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी



काठमाडौँ, २७ जेठ । नेपाल सरकारले मिटर ब्याज जाँचबुझ आयोग गठन गरे यता मधेस प्रदेशका ८ वटा जिल्लामा १८ हजार ९१ वटा उजुरीहरू दर्ता भएका छन् ।

गृहमन्त्रालय दिएको तथ्यांकअनुसार मिटर ब्याजसम्बन्धमा ७ जना पक्राउसमेत परेका हुन् । जेठ २६ गतेसम्मको तथ्यांकअनुसार बारा जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा बढी ३ हजार ३२२ वटा मुद्दा दर्ता भएका छन् ।

त्यस्तै, पर्सामा १ हजार ३२१ वटा, रौतहटमा २ हजार ५८, सर्लाहीमा १ हजार ९२० वटा, महोत्तरीमा २ हजार ३३६ वटा, धनुषामा २ हजार ६१५ वटा, सिरहामा २ हजार ९२० वटा तथा सप्तरीमा १ हजार ५७९ वटा मुद्दा दर्ता भएका छन् ।