सम्पादकीय

बहिष्कारवादी कै उम्मेदवारी !



नेपालगन्ज, ५ असार ।  स्थानीय तह दोस्रो चरणको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको संख्या निकै देखिएको छ । फरक फरक परिस्थितीले उनीहरुलाई स्वतन्त्र उम्मेदवारी दिन बाध्य बनाईएको छ ।

निर्वाचन बहिष्कारको निति अंगालेका पार्टीका कार्यर्कादेखि निर्वाचनमा सहभागी पार्टीका कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कपिलवस्तु नगरपालिकामा राजपा नेता रामदास गूप्ताले स्वतन्त्र उम्मेदवारी दिए ।  उनी दुईपटकका पुर्वमेयर हुन् ।

पार्टीले चुनावमा भाग नलिने नीति बनाए पनि चुनावमा जानुपर्छ भन्ने जनाको भावना कदर गर्दै स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाईछ । नागरिकमा समाचार छ ।