काठमाडौँ, ६ असार । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हिजो विद्युत् आपूर्ति बन्द हुँदा डाउन भएका सरकारी वेबसाइटहरु खुल्न थालेका छन् । तर सबै वेबसाइट खुलिसकेका छैनन् ।
हिजो दिउँसो साढे १ बजे नेपाल विद्युत् प्राधिकरणको सिंहदरबारमा रहेको ट्रान्सफर्मरमा विस्फोट भएर विद्युत् आपूर्ति बन्द भएपछि केन्द्रमा विद्युत् सेवा रोकिएको थियो । केन्द्रमा रहेको जेनेरेटर पनि बढी तातेपछि विद्युत् सेवा ठप्प भएको र यसबाट केन्द्रका उपकरण बन्द भइ सरकारी वेबसाइटहरु डाउन भएका केन्द्रका सूचना अधिकारी सफल श्रेष्ठले जानकारी दिए ।
विद्युतकाे समस्या भने हिजै समाधान भएको र सरकारी वेबसाइटहरु खुल्ने क्रम चलिरहेको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्