समाचार

नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित



काठमाडौँ, ७ असार । नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बनमा परेका छन् ।

काठमाडौँ-नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको आरोपमा उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।

ए ३३० मापदण्ड अपरेटिङ प्रोसिजर पनि पालना नगरेको पाइएको प्राधिकरणले जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरिएको बताइएको छ ।