धनकुटा, ९ असार । धनकुटाको साँगुरीगढी- ४ फाक्सिबमा सासुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ३२ वर्षीया विष्णुमाया लिम्बुलाई पक्राउ गरेको हो । लिम्बुले गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गर्दा उनको तीन दिनपछि मृत्यु भएको हो ।
घरायसी विषयमा विवाद हुँदा विष्णुमायाले सुकमायालाई कुटपिट गर्दा ज्यान गएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शी र शव जाँचको आधारमा कुटपिटमा संलग्न विष्णुमायालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्