काठमाण्डौ, १२ असार । प्रमुख प्रतिपक्षी नेकपा एमाले र रास्वपाका सांसदहरूको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको प्रस्ताव फिर्ता हुनुपर्ने माग एमाले र रास्वपाको छ।
एमाले प्रमुख सचेतक पदम गिरीले निर्वाचन कार्यालय प्रशासन कार्यालय मातहत राख्ने निर्णय फिर्ता लिएको जवाफ प्रधानमन्त्रीले नै संसदमा उपस्थित भएर दिनुपर्ने बताएका छन्।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको भन्दै सरकारलाई त्रुटि सच्याउन आग्रह गरेका थिए।










प्रतिक्रिया दिनुहोस्