सम्पादकीय

कैले खूल्छ तातोपानी नाका ?



काठमाडौं, ७ असार । दुई बर्षदेखि बन्द तातोपानी नाका छिट्टै सञ्चालनमा ल्याउन नेपाल र चीन सहमत भएका छन् ।

चार बर्षपछि मंगलबार काठमाडौंमा सम्पन्न परराष्ट्र सचिवस्तरीय नेपाल चीन संयुक्त परामर्श संयन्त्रको ११ औँ बैठकमा दुवै देशका पदाधिकारी सो नाका खुलाउन सहमत भएका हुन् ।

तातोपानी नाका छिट्टै सुचारु गर्ने कुरालाई बैठकमा हामीले उच्च प्राथमिकताका साथ उठयौँ चिनियाँ प्रतिनिधिले हाम्रो आग्रहलाई गम्भीर रुपमा लिएका छन् ।

कहिलेबाट सञ्चालनमा ल्याउने भन्ने मिति नतोकिए पनि नाका संरक्षण र पुननिर्माण भर्यरहेको जानकारी चिनियाँ पक्षले दिएको छ, परराष्ट्रसचिव शंकरदास बैरागीले भने, नागरिकमा समाचार छ ।