भक्तपुर, १७ असार । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार गएराति ९ बजे सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
गुण्डुबाट पाण्डुबजार जाँदै गरेको बा ९३ प ५८८१ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटना हुँदा सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्णकुमार त्वाती गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि डा. इवामुरा अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्