Banner News

तीन आयुक्त अनुगमनमा



काठमाडौँ, ७ असार । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने प्रदेश नम्बर– १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुने निर्वाचनको तयारी अवस्थाबारे अनुगमन गर्न तीन जना आयुक्त खटिएकाछन ।

आयुक्त नरेन्द्र दाहाल प्रदेश नम्बर– १ को उदयपुर, सुनसरी, धनकुटा, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङका लागि खटिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार, प्रदेश नम्बर– ५ को दाङ, रोल्पा, रुकुम, प्यूठान, बर्दिया, बाँके, रुपन्देही, कपिलबस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची र नवलपरासीमा आयुक्त ईश्वारीप्रसाद पौड्याल तथा प्रदेश नम्बर– ७ को कैलाली, कञ्चनपुर, वैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम, डडेलधुरा र डोटीका लागि आयुक्त सुधीरकुमार शाह खटिएक छन ।