काठमाडौँ, १९ असार । देशका विभिन्न क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । राति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।
उक्त स्थान भई बहने स–साना खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै होचा स्थानमा डुवान हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ । जल सतह बढ्दो क्रममा रहेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरूलाई बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्