एजेन्सी, १९ माघ । सुन्दै अचम्म लाग्ने, १ सय ३० जना पत्नी एउटा पुरुषकोको निधन भएको छ । नाइजेरियाका मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा शनिबार निधन भएपछि यो खुलासा भएको छ कि, कुनै बेलाका मुस्लिम धर्मगुरु मौलवी उनले १ सय ३० जना महिलासँग विवाह गरेका थिए ।
आफूलाई विवाह गर्नका निम्ति अल्लाहले धर्तीमा पठाएको भनेर उनले बताउँदै आएका थिए । आइतबार उनको मृत्यु भएपछि हजारौं मानिस उपस्थित भएका थिए ।
बेलोका निजी सहायक सलावुद्दिन बेलोले न्युज एजेन्सी अफ नाइजेरियालाई बेलो केही समयदेखि बिरामी भएको जानकारी दिएका थिए । विरामी भए पनि उनको मृत्यु भने घरमै भएको थियो । अबुबकरले कुरानको आफ्नै ढंगले व्याख्या गर्ने गरेका थिए ।
कुरानले आफूले चाहे जति विवाह गर्ने अनुमति दिएको उनको भनाइ थियो । दुःखविना जति श्रीमती पाल्न सकिन्छ त्यति विवाह गर्ने आफ्नो हक भएको उनको भनाइ थियो ।
सन् २००८ मा त्यहाँका मुस्लिम धर्मगुरुहरूले बेलोका निकै आलोचना गरेका थिए । कैयौं मौलवीले उनलाई ४८ घण्टाभित्र जीवित ८६ श्रीमतीमध्ये ८४ जनालाई तलाक दिनुपर्ने आदेश दिएका थिए । त्यसको जवाफमा उनले विवाह गर्नु आफ्नो पवित्र लक्ष्य भएको बताउँदै आएका थिए । बेलोका २०३ जना सन्तान रहेको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्