काठमाडौँ, २१ असार । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छिन् ।
उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आफुले राजनीतिबाट बिदा लिएको घोषणा गरेकी हुन् । सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा सँगै एलिजाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामको प्रशंसासमेत गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ ।’
यसका साथै काठमाडौँका मेयर बालेन साहसँग वृक्षारोपण गर्न पाउँदा निकै खुसी भएको बताएकी छिन् । उनले हर्क साम्पाङको श्रम शिविरका लागि व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्