Banner News

किसान महासङ्घको सहयोगमा पोखरी निर्माण



काठमाडौँ, ८ असार । नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घको सहयोग र जनश्रमदानमा दक्षिणकाली नगरपालिकाको छैमलेमा नवनिर्मित आकाशे पानी जम्ने पोखरी बुधबार हस्तान्तरण गरिएको छ ।

सो नगरपालिका–८ का करिब ५० घरधुरीका लागि सिँचाइ र चौपायाका लागि पानी अभाव भएपछि रु दुई लाख ३८ हजारमा सो पोखरी निर्माण भएको हो । महासङ्घले त्यसका लागि रु एक लाख सहयोग गरेको थियो । महासङ्घका महासचिव बलराम बास्कोटाले बुधबार सो पोखरी सञ्चालन गराउँदै पानीको मूल सुकेका अन्य जिल्लामा पनि किसानका यस्ता आवश्यकता पूरा गर्न सहयोग गरिने बताए ।

भूकम्पका कारण त्यहाँको मूल सुकेपछि स्थानीय बासिन्दा दुई घन्टा पैदल हिँडेर भोर्ले खोलामा पुगेर पानी ल्याउने गरेकामा अब समस्या नहुने स्थानीयवासी शङ्करप्रसाद अधिकारीले बताए ।