Banner News

सीता दाहालको शव पशुपति आर्यघाटमा अन्तेष्टि



काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।

दाहालको पार्थिव शरीरमा प्रचण्डसहित छोरी गंगा र रेणु दाहालले दागबत्ती दिएका छन् । त्यसअघि उनको शव श्रद्धाञ्जलीका लागि माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।