समाचार

लम्पी स्किन रोग रोकथामका लागि १० लाख ३७ हजार डोज खोप आयात



काठमाडौँ, २८ असार । पशुचौपायामा फैलिएको लम्पी स्किन रोग रोकथामका लागि अहिलेसम्म १० लाख ३७ हजार डोज खोप आयात भएको छ । आयातित खोपमध्ये २ लाख २२ हजार ७ सय ५१ पशुलाई लगाइएको पशु सेवा विभागले जनाएको छ ।

रोगको महामारी नियन्त्रण गर्नका लागि सरकारले निजी क्षेत्रलाई खोप आयातको स्वीकृति दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गाईभैँसीको खोपका लागि ०७९/८० मा खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्लाबाहेक हरेक पालिकामा महामारी नियन्त्रण गर्न सङ्घीय सःसर्त अनुदानअन्तर्गत १ लाख रुपैयाँका दरले रकम विनियोजन गरिएको छ ।

लम्पी स्किन रोग नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै राहतको मागसहित किसानले आन्दोलन थालेका छन् ।