समाचार

हेर्नुस् फर्सीको मुन्टा खानुको फाइदाहरु



काठमाडौँ, २९ असार । फर्सीको मुन्टा खादा शरीरलाई धेरै गम्भीर रोगबाट बचाउन सकिन्छ । एनीसीबीआईको अनुसन्धान अनुसार, फर्सीमा एन्टिडायबेटिक, एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लेमेटरीका साथै अन्य आवश्यक तत्त्व पाइन्छन् । 

हेर्नुस् फाइदाहरु:

१. फर्सीको मुन्टामा फाइबर, पोटासियम, भिटामिन ए, भिटामिन सी, फाइटोकेमिकल्स, फ्याटी एसिड आदि प्रशस्त मात्रामा पाइन्छ । यसका साथै यसमा क्याल्सियम, म्यागनीज, भिटामिन बी६ र फस्फोरस पनि पाइन्छ ।

२. फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । मानिसहरुमा उच्च कोलेस्ट्रोलको समस्याले पीडा दिएको हुन्छ । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको मुन्टाको साग भने निकै उत्तम मानिन्छ ।

३. फर्सीको मुन्टाको साग खाँदा आँखा तेजिलो बन्छ । फर्सीको पातमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो मानिन्छ । यसले प्रजनन क्षमतामा समेत वृद्धि गर्ने गर्छ ।

४. फर्सीको मुन्टाको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ । जसको मद्दतले प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

५. छाला सुन्दर बनाउँन पनि फर्सीको मुन्टा विशेष मानिन्छ । फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि फाइदाजनक हुन्छ ।

६. फर्सीको मुन्टामा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

७. फर्सीको पातमा पाइने फाइबरले क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउने चिकित्सकहरु बताउँछन् । यसले पाचन प्रणालीलाई स्वस्थ राख्छ, पाँचन प्रणाली स्वस्थ हुनु भनेको अधिकांश रोगबाट छुटकार पाउनु पनि हो ।

८. पोटासियम गुणले भरिपूर्ण फर्सीको मुन्टाको सेवन मुटुसम्बन्धी रोगका लागि निकै फाइदाजनक हुन्छ । यो अनियमित हृदयाघात रोक्न सक्षम छ । यस बाहेक फर्सीको मुन्टा खाँदा स्ट्रोकको खतरा कम हुन्छ ।