समाचार

रुडुमा ‘इन्फ्लुएन्जा बी भाइरस’ फैलिएकाे पुष्टि



कालीकोट, ३० असार । जिल्लाको तिलागुफा नगरपालिका–१० रुडुमा फैलिएको रोग इन्फ्लुएन्जा बी भाइरस भएको पुष्टि भएकाे छ । 

रुडुकाे महादेव माध्यमिक विद्यालयमा थाहा नभएको रोगले एक विद्यार्थीको ज्यान गएपछि परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको थियो ।

रुडुमा बिरामी परेका ३ सय ११ जनामध्ये ९ जनाकाे रगत र १० जनाकाे स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा इन्फ्लुएन्जा बी भाइरस फैलिएकाे पुष्टि भएकाे हाे । याे भाइरसकाे सङ्क्रमणबाट अहिलेसम्म एक जनाकाे ज्यान गएकाे छ भने १ सय ७८ जना बिरामी परेका छन् ।