काकाठमाडौ,३१ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्।
निवास धुम्बाराहीमा सोमबार अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको हो।
मंगलबारदेखि केन्द्रीय कार्यसमिति बैठक सुरू हुँदैछ। केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन्।
केन्द्रीय समिति बैठकअघि पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्ने कांग्रेसको परम्परा छ।
कांग्रेस केन्द्रीय समिति बैठक एक वर्षपछि साउन २ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। नीति महाधिवेशन र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियानजस्ता विषयमा केन्द्रीय समितिमा छलफल हुनेछ।
16 July 2023 18:21 PM










प्रतिक्रिया दिनुहोस्