समाचार

करेन्ट लागेर एक युवकको मृत्यु



ललितपुर, २ साउन । बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा ललितपुरमा एक जना युवकको मृत्यु भएको छ ।

प्रहरीका अन्सुअर आज बिहान मर्निङवाक गर्न जाने क्रममा घर नजिकैको बाटोमा लत्रिएको थ्री फेजको बिजुलीको तार टेकिएर करेन्ट लाग्दा ललितपुरको गोदावरी नगरपालिका–५ लेले सौरभञ्ज्याङ बस्ने २६ वर्षीय राजु सिङताङको मृत्यु भएको हो ।

करेन्ट लागेको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।