काठमाण्डौ,५ साउन । राजधानीको फोहोर व्यवस्थापन गर्न स्थानीयले फेरी पनि अवरोध गरेपछि बञ्चरेमा प्रहरी परिचालन गरिएको छ ।
‘दायाँ(बायाँ प्रहरी परिचालन गरी महानगरको फोहोर बोकेको गाडी लगिएको छ प्रहरी स्रोतले जानकारी गरायो ।
फोरोह व्यवस्थापनमा ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण उपत्यकाका फोहोर विसर्जन हुन सकेको छैन।
काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको थियो।
यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर विसर्जन हुन सकेको छैन।










प्रतिक्रिया दिनुहोस्