राजनीति

इटहरीमा रास्वपाको दुईदिने प्रशिक्षण सुरु



काठमाण्डौ,५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेशस्तरीय प्रशिक्षण शुक्रबार इटहरीमा सुरु भएको छ । पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो।

प्रशिक्षणको उद्घाटन पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी बजाएर गरेका छन् ।

दुई दिनसम्म चल्ने कार्यक्रममा आज महामन्त्री डा। मुकुल ढकाल, सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू रमेश प्रसाईं, विपीनकुमार आचार्य र सांसद तोसिमा कार्कीले प्रशिक्षण दिनेछन्।

त्यस्तै शनिबार पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रशिक्षण दिनेछन् ।

त्यसअघि केन्द्रीय प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाह, सचिव कमल सुवेदी, रास्वपा प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र प्रतिनिधिसभा सदस्य ड। स्वर्णिम वाग्लेले लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।