शैक्षिक

प्रतिवेदनकै आधारमा गाउँपालिका र नगरपालिकाको निर्वाचन



कपिलवस्तु, १९ माघ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयनका लागि वर्तमान सरकार स्थानीय निर्वाचनमा केन्द्रित भएको बताए ।

प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संविधान संशोधनको विषय र निर्वाचनको तयारी एकै साथ अगाडि बढाइएको स्पष्ट पार्नुभयो । वर्तमान सरकारको पहिलो प्राथमिकता नै संविधान कार्यान्वयन रहेकाले निर्वाचनको तयारी कै लागि संसद्ले निर्वाचन सम्बन्धी तीन वटा विधेयक पारित गरिसकेको मन्त्री पाण्डेले चार्चा गरे ।

स्थानीय निकायबारे राज्य पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदन संसद्मा पेस गरिएको जनाउँदै सोही प्रतिवेदनकै आधारमा गाउँपालिका र नगरपालिकाको निर्वाचन हुने मन्त्रीको भनाइ थियो ।

मन्त्री पाण्डेले संविधान कार्यान्वयनका लागि समय सीमाभित्रै निर्वाचन गर्नुको विकल्प नरहेको बताउँदै आन्दोलनरत मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी नेकपाएमालेलाई सहमतिमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रयत्न गरिरहेको वताए ।