काठमाडौँ, ९ साउन । सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ ।
आज नेप्से परिसूचक ३६.१९ अंकले घटेको छ । मौद्रिक नीति सार्वजनिक भएको आइतबार दिन नेप्से ६३ अंकले बढेको थियो ।आज नेप्से परिसूचक १.६४ प्रतिशतले घटेर २१६४.३१ विन्दुमा बन्द भएको छ । सोमबार पनि नेप्से साढे २६ अंकले घटेको थियो ।
आज म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २६७ धितोपत्रको दुई अर्ब ९१ करोड सात लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार चार अर्ब ७३ करोड ७६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आज किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीको सेयर मूल्य सोमबार पनि १० प्रतिशतले नै वृद्धि भएको थियो । आज यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५८ रुपैयाँ ३० पैसा कायम भएको छ ।
आज सर्वाधिक रकमको सेयर कारोबार सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको १५ करोड २७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यस कम्पनीको सेयर मूल्य आज ७.७४ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूच १.२२ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्