समाचार

पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमाछोरा घाइते



काठमाडौँ, २१ साउन । काठमाडौँको तारकेश्वर नगरपालिका–३  चो गाउँमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । वडा अध्यक्ष परशुराम अर्यालका अनुसार गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो ।

गणेश तामाङकी श्रीमती र छोरा घाइते भएका छन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरेको हो ।