दार्चुला, २२ साउन । दार्चुलामा चरेससहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महाकाली नगरपालिका-४ खलङ्गा बस्ने ६६ वर्षका मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका वडा ४ सिप्टीका ७० वर्षका गौरसिंह ठगुन्नालाई पक्राउ गरिएको हो ।
दुवै जनालाई हिजो राति शैल्यशिखर नगरपालिकाको कर्कलेबाट पक्राउ गरिएकाे हो । प्रहरीले पक्राउ परेका दुवै जनाको साथबाट ६ केजी १ सय ग्राम चरेश बरामद गरेको छ । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान गर्न गोकुलेश्वरबाट दार्चुला ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्