काठमाडौँ, २२ साउन । नेपालमा डेंगी संक्रमितको संख्या आठ हजारनजिक पुगेको छ ।
सन् २०२३ जनवरीयता अगस्ट ६ सम्म सात हजार ७३३ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
डेंगी संक्रमणका कारण सुनसरीको धरान उपमहानगरपालिकामा मात्र आठ र सुनसरीमै थप एक गरी नौजनाको मृत्यु भएको छ । तर, महाशाखाले हालसम्म सातजनाको मात्र मृत्यु पुष्टि गरेको छ ।
जुलाईमा मात्र तीन हजार ६२६ संक्रमित थपिएको महाशाखाले जनाएको छ । यो वर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप (भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण) देखिएको छ । नेपालमा डेंगी १, २, ३, ४ नाम दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्