काठमाडौँ, २२ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण प्रतिनिधि सभामा उत्पन्न गतिरोध अन्त्य गर्न मंगलबार बिहान पुनः छलफल हुने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे सभामुख देवराज घिमिरे सहित प्रधानमन्त्री, सत्तापक्ष दलका नेता, प्रमुख प्रतिपक्षी दलका नेताहरुबीच छलफल हुने भएको हो ।सोमबार दुई चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि भोलि बिहान पुनः बैठक बस्ने तय भएको छ । सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण आज बसेका २ वटा बैठकबाट सहमति निस्कन सकेन । प्रतिनिधिसभाको बैठक बस्न नसक्दा कानुन निर्माणको काममा ढिलाई हुनुका साथै जनसरोकारका विषय संसदमा उठ्न पाएको छैन ।










प्रतिक्रिया दिनुहोस्