काठमाडौँ, २४ साउन । स्कुटर चोरेको आरोपमा प्रहरीले एकजना जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–३० पुतलीसडक घर भएका ३० वर्षीय आजाद रायमाझी उर्फ सफललाई पक्राउ गरेको हो ।
आजादले असार २२ मा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमाबाट बा.८६ प ३०२२ नम्बरको डिओ स्कुटर चोरेको अनुसन्धानका थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले सफलजंग रायमाझी नामको फेसवुक पेजबाट सो स्कुटर बिक्रीमा राखेका थिए ।बुढानिलकण्ठ बस्ने सनिषा योन्जनले ८३ हजारमा स्कुटर खरिद गरेपछि नामसारी गर्न यातायात कार्यालयमा बेलाउँदा रायमाझी फरार भएका थिए । उनले स्कुटरको नम्बर, रङ र ब्लुबुक समेत बदलेर बिक्रीमा राखेको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीलाई कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्