समाचार

विराटनगरमा डेंगीको निःशुल्क परीक्षण



विराटनगर, २४ साउन । विराटनगर महानगरपालिकामा डेंगीको निःशुल्क परीक्षण गर्ने प्रबन्ध मिलाइएको छ ।महानगरअन्तर्गतको रानी र वैजनाथपुर स्वास्थ्य केन्द्रमा किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो ।

महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले विराटनगरमा समेत फाट्टफुट्ट संक्रमित फेला पर्न थालेकोले यसको परीक्षण निःशुल्क गर्ने तयारी गरिएको बताए ।

यसअघि, निजी स्वास्थ्य संस्थाले डेंगी किटबाट परीक्षण गर्दा ६०० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरिएको महागनरका मेयर नागेश कोइरालाले बताए । महानगरले हरेक शुक्रबार डेंगी खोज र नष्ट गर अभियानसमेत सञ्चालन गर्दै आएको छ ।