राजनीति

मधेसी–जनजातिका माग सम्बोधन गर्न माग



पाँचथर, ११ असार । नेकपा माओवादी केन्द्र का नेता देवप्रसाद गुरुङले हिमाल पहाड–तराई सबैलाई गोलबन्द बनाएर मधेसी, जनजाति, आदिवासी र अल्पसङ्ख्यकका मागलाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।

सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको अवस्थामा राज्यले सबै दल र असन्तुष्ट पक्षलाई सहमति र सहकार्यमा ल्याई अगाडि बढ्न प्रेरिरत गर्नुपर्ने बताए ।