Banner News

चन्द्रमा देखे सोमबार रमजान अर्थात इदुल फितरको सार्वजनिक बिदा हुने



 

काठमाडौ,११ असार। भोली सोमबार इस्लाम धर्मालम्बीहरुको पर्व इदुल फितरको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

ईस्लाम धर्मावलम्बीहरुको चाड रमजान अर्थात इदुल फितरको अवसरमा सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मुस्लीम समुदायले आज सांझ चन्द्रमा देखेपछि ब्रत भंग हुने र भोली सामुहीक भोज खाने परम्परा छ । तर आइतबार सांझ चन्द्रमा नदेखेमा ब्रत भंग नहुने र सोमबार सार्वजनीक बिदा नहुने गृहमन्त्रालयले जनाएको छ ।

यदि उनीहरुले साउदी अरेबियाको मक्का मदिना वा नेपाल जुनसुकै स्थानबाट चन्द्रमा देखेको पुष्टि भएमा सार्वजनिक विदा हुने भएको छ ।