Banner News

योगेशले फक्तालुङवासीलाई भने –कांग्रेसले एमालेसंग एक्लै लड्ने आँट गर्न सकेन



काठमाडौ,११ असार । नेकपा एमालेसचिव योगेश भट्टराई चुनावी अभियानका क्रममा ताप्लेजुङ पुगेका छन् । ताप्लेजुङको पनि अति विकट फक्तालुङ गाउँपालिकाको सिँवाको चुनावी सभामा उनले सम्वोधन गरे । सम्वोधनका क्रममा भट्टराईले पटक–पटक सत्तामा पुगेर पनि विकास र सम्मृद्धिमा ध्यान नदिने नेताहरुलाई स्थानीय निर्वाचनबाट वाइवाई गर्नुपर्ने बताएका छन् ।

उनले मुख्य गरेर कांग्रेसप्रति संकेत गर्दै भने– ‘जनताको चाहनामा कुठाराघात गर्नेहरुलाई अब फेरि मत दिनु भनेको परीक्षामा पटक–पटक असफल भएको विद्यार्थीलाई मौका दिनु जस्तै हो कांग्रेसले एमालेसंग अब एक्लै लड्न सक्ने आँट नै गर्न सक्दैन ।

२०४६ सालपछि अधिकांश समय कांग्रेसले सत्ता सञ्चालन गर्दा देश अर्थिक र सामाजिक रुपमा निकै खस्किएको दृष्टान्त पनि उनले प्रस्तुत गरे । ‘पटक–पटक जनतालाई धोका दिएर फेरि कांग्रेसलाई नै मत किन चाहियो रु’ उनले भने, ‘मनमोहन अधिकारीको नेतृत्वको सरकारदेखिका लोकप्रिय कार्यक्रमका बाँकी कार्यभार पूरा गर्न यो पटक एमालेलाई विजयी बनाउनुपर्छ ।’

मुलुकका ठूला पूर्वाधारका आयोजना एमालेको सरकारले सञ्चालन गरेको भन्दै आगामी निर्वाचनमा एमालेले बहुमत हाँसिल गरेपछि ताप्लेजुङबाट कञ्चनपुरसम्म पहाडै पहाडको छिटो पुगिने बाटो बन्ने उद्घोष पनि गरे ।

चीनको उत्तरी नाका खुल्ने प्रमुख मार्ग ओलाङजुङगोलाको टिपतालापास जोडिएको सो गाउँपालिका नेता भट्टराईको पहलमा सीमासम्मको ३० किलोमिटरको बाटो निर्माणका लागि सरकारले रु ६० करोड रकम विनियोजन गरेको थियो । फत्तालुङ गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्षमा सरोज एभेङ र उपाध्यक्षमा फूलमाया लिम्बु उम्मेदवार छन् ।