समाचार

पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध



गोरखा, २९ साउन । लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ ।

उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको हो ।

पहिरोले बेनिघाट आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । सडक माथिबाट ठूला–ठूला ढु¬ङ्गासहितको पहिरो खसेको स्थानीयले जानकारी दिएको छ । पहिराले दुईतर्फी सडक अवरुद्ध भएपछि सवारी साधन आउजाउ ठप्प भएका छन् ।