सम्पादकीय

३ सय ४६ मतदानस्थल अति संवेदनशील



काठमाडौं, १२ असार । पश्चिम क्षेत्रअन्तर्गत ५ नम्बर प्रदेशमा परेका लुम्बिनी अञ्चलका ६ जिल्लाका ३ सय ४६ मतदानस्थललाई सुरक्षा निकायले अति संवेदनशील सूचीमा राखेको छ ।

तराइका नवलपरासी, रुपन्देही, कपिलवस्तु र पहाडी पाल्पा, गुल्मी र अर्घाखाँचीमा ८ सय ७७ मतदान केन्द्रमा ९ सय १० मतदानस्थल रहेकोमा अति संवेदनशील पहिचान गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । कान्तिपुरमा समाचार छ ।