Banner News

रविले भने –सभामुखको पक्षपातपूर्ण व्यवहार देखियो



काठमाडौ २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाति व्यवहार देखाएको आरोप लगाएका छन् ।
सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सभामुखले आफू अनुकूल सदन सञ्चालन गरेको आरोप लगाएका हुन् ।

सभामुखको कुर्सीमा बसेपछि व्यवहार, क्रियाकलापले दलको बन्न पाइन्न।

नियोजितरूपमा सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको उनले बताए । लगातार सदन अवरुद्ध गरिरहेको अवस्थामा सभामुखले छानीछानी सांसदलाई बोल्न दिएको र अरु दलका सांसदहरूले बोल्न खोज्दा अन्तै मोडिएको उनले वताए ।

कोठाभित्र सहमति गरेर नै रास्वपाका सांसदलाई बोल्न नदिएको जस्तो हामीलाई भान भयो ।