राजनीति

भोट हाल्न गाउँ फर्कदै मतदाता



दाङ, १२ असार । दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुन दुई दिन बाँकी रहँदा घरदेखि टाढा रहेका मतदाता मतदान गर्नका लागि घर फर्कन थालेका छन् ।

झन्डै दुई दशकपछि र नयाँ संरचनामा पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि मतदाता घर फर्कन थालेका हुन् ।

कामको सिलसिलामा भारत पुगेका र नेपालकै विभिन्न जिल्लामा रहेका मतदाता मतदानका लागि गृह जिल्लामा फर्कने क्रम सुरुभएको छ । मतदाता नामावली रहेको क्षेत्रमा फर्कनेको क्रम बढ्दै गएको र गाडीमा पनि चाप बढेको छ । ‘वषांैपछि हुनलागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्न घरमा आएको हुँ –भारतको चण्डीगडमा बस्दै आउनुभएका तुलसीपुर –३ का यमबहादुर नेपालीले भने ।

दाङदेखि बाहिर रहेका फर्कंदै छन् भने दाङलाई कर्मथलो बनाएका अन्य जिल्लाका मतदाता पनि आफ्नो गृह जिल्लामा फर्कने क्रम जारी छ । पेसा, व्यवसायकै कारण सहर झरेका सर्वसाधारण मतदाता पनि नामावली रहेको गाउँटोलमा फर्कन थालेका छन् ।

मेरो नामावली रोल्पामा छ,त्यसैले आजै रोल्पा जान लागेको छु –रोल्पाको पाखापानी निवासी भिमबहादुर वलीले भने । त्यसैगरी अध्यनका लागि काठमाडाँै, पोखरालगयातलका सहरमा पुगेका युवायुवती पनि मतदानका लागि घर फर्र्कने क्रम जारी रहेको छ ।

मेरो एक भोटका कारण कुनै उम्मेदवारले हार्नसक्छ, त्यसैले भोट हाल्नका लागि काठमाडौँदेखि दाङ आएकी छु –तुलसीपुर –४ कि रमा खड्काले भन्ीन ।