काठमाडौ ७ भदौ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिएका छन् । । महानिर्देशक र तस्कर दावाबीच गहिरो सम्बन्ध रहेको समाचार बाहिर आएसँगै उनलाईमन्त्रालयमा तानिएको हो ।
सुन तस्करसँग च्याटमा कुरा गरेका समाचारहरु मिडियामा आएसँगै गृहले यीनलाई अतिरिक्त समूहमा रहने गरी मन्त्रालय तानेको हो । महानिर्देशक अधिकारी र सुन तस्करीको आरोपमा पक्राउ परेका दावा छिरिङबीच ‘वी च्याट’मा कुराकानी भएका स्कीनशट समेत मिडियामा समाचार आएका थिए । सिआइबीको छानबिनमा रहेका अधिकारीले सुन तस्कर दावासँग विभिन्न समयमा वीच्याट मार्फत ठुला–ठुला डिलहरू गरेको र दावालाई सघाउ पु¥याएको यथेष्ट प्रमाणहरू फेला परेको सिआइबीका अनुसन्धान अधिकृतहरूले जनाएका छन् ।
सीआईबीले फेला पारेको तथ्यअनुसार महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदानप्रदानको कुराकानी मात्रै भएको छैन, ठूलो बिजनेस सञ्चालन गर्ने त्यसो गर्दा ठूलो रकम आउने कुरासमेत भएको देखिन्छ । सुन तस्करीको छानबिन गर्ने क्रममा ती मेसिनहरु बरामद भएको थियो । सिआइवी स्रोतका अनुसार कुन वस्तुभित्र राखेर सुन ल्याइँदै छ भन्ने जानकारी दावा छिरिङले अधिकारीलाई पहिल्यै पठाउँथे ।
तस्कर समूहले आयात गर्ने तस्करीको सुनको विवरण अध्यागमन विभागका महानिर्देशकमार्फत गृह मन्त्रालय र सुरक्षा निकायलाई पुग्ने गरेको सीआईबीका अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ ।
गृह मन्त्रालय मातहतको अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सह–सचिव झलकराम अधिकारी र दावाबीच लामो कुराकानी हुने गरेको र ती सबै विमानस्थलबाट सुन पास गराउने र रकम लेनदेनसँग सम्बन्धित देखिएको समाचारहरु बाहिरीसकेको थियो ।










प्रतिक्रिया दिनुहोस्