सम्पादकीय

तीन प्रदेशका ३ सय ३४ स्थानीय तहमा आज निर्वाचन, प्रमुख दलबीच नैं कडा प्रतिस्पर्धा



काठमाडौं, १३ असाार । तीन वटा प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा भोली निर्वाचन हुँदैछ । प्रदेश नम्बर १ मा रहेका १४ जिल्लामा १ सय १३७ स्थानीय तह छन् भने प्रदेश नम्बर ५ का १२ जिल्लामा १ सय ९ र प्रदेश नम्बर ७ का ९ जिल्लामा ८८ स्थानीय तह रहेका छन् ।

३ सय ३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नम्बर १ मा सबैभन्दा धेरै २६ लाख ७४ हजार ५ सय ६३ मतदाता छन् भने प्रदेश नम्बर ५ मा २४ लाख ५४ हजार ४ सय ८८ मतदाता छन् । प्रदेश नम्बर ७ मा १३ लाख ३७ हजार १४ मतदाता रहेको निर्वाचन आयोगको अभिलेखमा उल्लेख छ ।

३ सय ३४ स्थानीय तहमा हुन गइरहेको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । एउटा स्थानीय तहमा एक जना अध्यक्ष वा प्रमुख, एक जना उपाध्यक्ष वा उपप्रमुख चयन हुनेछन् । त्यस्तै प्रत्येक वडामा एक जना वडा अध्यक्ष, दुई जना खुला सदस्य, एक जना महिला सदस्य र एक जना दलित महिला सदस्य निर्वा्चित हुनेछन् ।

जस अनुसार प्रमुखर अध्यक्ष ३ सय ४४, उपप्रमुख र उपाध्यक्ष ३ सय ४४ जना गरी ६ सय ८८ जना निर्वाचित हुनेछन । दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चयनका लागि निर्वाचन आयोगले ८ हजार ३ सय ९४ मतदान केन्द्र र ४५ सय ८१ मतदानस्थल तोकेको छ ।

प्रदेश नम्बर १ मा १८ सय ६१ मतदानस्थल तोकिएको छ भने ३४ सय ५९ मतदान केन्द्र निर्धारण गरिएको छ । प्रदेश नम्बर ३ मा १६ सय १२ मतदानस्थल निर्धारण गरिएको छ भने ३१ सय २५ मतदानकेन्द्र तोकिएको छ । प्रदेश नम्बर ७ मा ११ सय ८ मतदानस्थल छन् भने १७ सय ८० मतदानकेन्द्र तोकिएका छन् ।

दोश्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मोरङमा १७, रुपन्देहीमा १६, झापामा १५ र कैलालीमा १३ वटा स्थानीय तह छन् । त्यस्तै सवैभन्दा थोरै रुकुममा तीन, तेह्रथुममा र अर्घाखाँचीमा ६, ६ र नवलपरासी, धनकुटा र डडेलधुरामा ७, ७ वटा स्थानीय तह छन् ।

त्यस्तै, उदयपुर, सोलुखुम्वु, ओखलढुंगा, पाँचथरमा ८, ८, ताप्तलेजुङ, भोजपुर, प्युठान र कञ्चनपुरमा ९, ९ वटा स्थानीय तह छन् । अछाम, बैतडी, इलाम, संखुवासभा, खोटाङ कपिलबस्तु, रोल्पा, सल्यान र दाङमा १०, १० र सुनसरी तथा बझाङमा १२ वटा स्थानीय तह छन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक सय २५ स्थान, सवैभन्दा ठूलो दल नेपाली कांग्रेसले एक सय ४ र माओवादी केन्द्रले ४६ स्थानीय तहमा विजय हासिल गरेको थियो । भोली हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा पनि प्रमुख दल नेपाली कांग्रेस र एमालेबीच नैं बढी प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रदेश नम्बर एकको मोरङ र सुनसरी, प्रदेश नम्बर पाँचको नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, वाँके र बर्दियामा मधेशवादी दलहरूको समेत प्रभाव भएकोले प्रमुख दललाई बर्चश्व कायम गर्ने कठिन हुने देखिन्छ । प्रदेश नम्बर सातको कैलाली र कञ्चनपुरमा समेत मधेशवादी दलको प्रभाव देखिन्छ ।

६७ हजार कर्मचारी खटिने

प्रदेश २ का कर्मचारी फिर्ता बोलाउने निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनमा ६७ हजार कर्मचारी परिचालन गरेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत मातहतमा ६७ हजार कर्मचारी परिचालन भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

आयोगले प्रत्येक स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा ११ र निर्वाचन अधिकृतको नेतृत्वमा ९ जनाका दरले कर्मचारी खटाएको छ । त्यसबाहेक अन्य काम सम्पादनका लागि समेत कर्मचारी खटिएका छन् ।

दुई नम्बर प्रदेशमा खटिएका ११ सय ५९ कर्मचारी फिर्ता बोलाउने निर्णय आयोगले यसअघि नैं गरिसकेको छ । दुई नम्बर प्रदेशमा पठाइएका निर्वाचन सामग्री व्यवस्थापनमा भने आयोगलाई चुनौती भएको छ । निर्वाचन सामग्री व्यवस्थापनका लागि सुरक्षा चुनौती थपिएको आयोगले जनाएको छ ।

सरकारले दुई नम्बर प्रदेशको निर्वाचन असोज २ गते १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा निर्वाचन गर्ने घोषणा गरेसँगै ति स्थानीय तहमा निर्वाचन गराउने चुनौति आयोगलाई आई परेको छ ।

गत बैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा तीन, चार र ६ नम्बवर प्रदेशका ३४ जिल्लाका दुई ८३ स्थानीय तहमा निर्वाचन गरेको थियो । भरतपुर महानगरपालिकावाहेक सबै स्थानीय तहको मतपरिणाम घोषणा भइसकेको छ । जनप्रहार साप्ताहिकमा समाचार छ ।