समाचार

कमला नदीमा बाढी सतर्कता तहभन्दा माथि



काठमाडौँ, ११ भदौ । उदयपुरमा भारी वर्षा भएको छ । कमला नदी बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको छ । 

जलसतह बढ्नेक्रममा रहेका कारण तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

कमला नदी, सिन्धुली रानीबासस्थित बाढी मापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ । बाढी बढ्दोक्रममा रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने भू–भागहरूमा रहनेहलाई बिहानसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।