काठमाण्डौ, १२ भदौ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय हिंसा भड्काउने काम गरेको आरोप लगाएको छ । संसदको विशेष समयमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले जातीय राज्य बनाउने भनेर भड्काएको उनले बताए ।
म जातीय राज्यको पक्षमा छु तपाईंहरू जाग्नुहोस् उठ्नुहोस् । मलाई बल दिनुहोस् हाम्रो पार्टीलाई बहुमत दिनुहोस् । जातीय राज्य बनाउँछु भन्नुभएको छ । यो अस्वाभाविक मात्र हैन, हिंसा भड्काउने र देशमा त्रास फैलाउन प्रधानमन्त्रीले मलजल गरिरहनुभएको छ,’ उनले थपे ।
तर, प्रधानमन्त्री प्रचण्डले संसदमा प्रश्नोत्तरमा कसैमाथि विभेद नगर्ने बताएका छन् ।
भ्रष्टचारका नाइकेहरूलाई सरकारले उन्मुक्ति दिइरहेको आरोप पनि एमालेले लगाएको छ ।
29 August 2023 13:54 PM










प्रतिक्रिया दिनुहोस्