काठमाडौं, २१ भदौ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी भइरहेको बताएका छन् ।
आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले भ्रमणमा डेलिभरी योग्य परियोजना प्रस्ताव गर्ने तयारी रहेको सुनाए ।
उनले भने, “डेलिभरी योग्य परियोजना प्रस्ताव गर्ने विचार गरेका छौँ । चीनले नेपाललाई सहयोग अनुदान गर्दै आएको छ । कतिपय रकम विनियोजन गर्न सकेका थिएनौँ । विनियोजनका लागि अर्थ मन्त्रालयसँग गम्भीर गृहकार्य गरिरहेको छौँ,” ।
उनले भ्रमणका क्रममा कोभिडका कारण बन्द भएको नाका खोल्ने विषयमा एजेन्डा रहने गरी छलफलको भइरहेको जानकारी दिए ।
मन्त्री साउदले चीन सरकारले नक्सा जारी गरेपछि नेपालको संसद्ले सन २०२० ले पारित गरेको नक्साको सम्मान गनुपर्ने बताए । उनले सीमा वार्ताबाट समस्या समाधान गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्