राजनीति

एमालेका सम्पूर्ण कार्यक्रम स्थगित



काठमाडौँ, २६ भदौ । नेकपा एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

अर्को सूचना जारी नभएसम्म पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए । “पार्टी र पार्टी जनसंगठन सम्बद्ध कार्यक्रम अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको छ,” नेता ज्ञवालीले भने । पार्टी उपाध्यक्षसमेत रहेका नेता सुवास नेम्वाङको निधन भएपछि एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगन गरेको हो । नेम्वाङको आज बिहान निधन भएको हो ।