मनोरञ्जन

सुटिङ रोकेर घुमफिरमा प्रियंका



१४ असार मुम्बई । हलिउडको हालै रिलिज आफ्नो फिल्म ‘वे वाच’को सफलतापछि बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय हलिउडकै अर्को फिल्म ‘ए किड लाइक जैक’को सुटिङमा व्यस्त थिइन् ।

 

यो फिल्मबाट केही दिनको छुट्टी लिएकी प्रियंका यतिबेला घुमफिरमा व्यस्त छिन् । फिल्मको सुटिङ रोकेर उनीसँगै अरू टिमलाई पनि घुम्न बिदा दिइएको छ ।

फिल्म निर्माता र सहकलाकारका साथ आफु घुमफिरमा रहेको तस्बिर उनले ‘इन्स्टाग्राम’मार्फत सार्वजनिक गरेकी छन् । उनले उल्लासमय र रोमाञ्चकारी फोटोहरू पोस्ट गरिरहेकी छन् । उनी गर्मीको बिदा मनाउन घुमफिरमा व्यस्त रहेकी हुन् ।

प्रियंका हलिउड फिल्ममा व्यस्त भएपछि केही समयबाट उनले बलिउडको फिल्म प्रोजेक्ट स्वीकार गरेकी छैनन् । अब उनले बलिउडको कुन फिल्म खेल्छिन् भन्ने जिज्ञासामा प्रियंकाका प्रशंसक छन् । एजेन्सी