काठमाडौँ, ७ असोज । यो वर्ष नेपालमा डेंगु संक्रमितको संख्या २९ हजारनजिक पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता हालसम्म २८ हजार ८०३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
डेंगुका कारण जुलाईयता १५ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै कोसी प्रदेशमा २१ हजार ५१७ जना संक्रमित भएका छन् ।
यस्तै, वाग्मती प्रदेशमा चार हजार ३१५, मधेसमा ५६४, गण्डकीमा ९७५, लुम्बिनीमा ४८१, कर्णालीमा ७५ र सुदूरपश्चिम प्रदेशमा ८७६ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्