सम्पादकीय

मतदाता संख्या ५ सय, खसेको मत २ !



काठमाडौं, १५ असार । नवलपरासीको एउटा मतदान केन्द्रमा जम्मा २ मत खसेको छ ।

नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ को जनता माबि भुजहवा केन्द्रमा अहिलेसम्म जम्मा २ मतमात्रै मत खसेको मुख्य निर्बाचन अधिकृत कैलाश केसीले जानकारी दिए।

भुजहवा मतदान केन्द्रमा ५ सय १ जना मतदाता रहेकोमा ४ सय ४१ जनाले मतदाता परिचयपत्र लगेका थिए ।

यो केन्द्र रहेको साविकको भुजहवा गाविसबाट वडा नम्बर २ लाई मात्रै अलग्याएर सरावल गाउँपालिकामा राखेका कारण मतदान बहिष्कार गरेको हुनसक्ने अनुमान गरिएको छ।

यो ठाउँ राजपाको प्रभाव क्षेत्र पनि हो। साविकको भुजहवा गाविसका ८ वटा वडालाई सरावल गाउँपालिकाको वडा नम्बर २ मा राखे पनि साविकको भुजहवा गाविसको वडा नम्बर २ लाई मात्रै सरावल गाउँपालिकाको वडा नम्बर ६ मा राखिएको थियो । नागरिकमा समाचार छ ।