काठमाडौँ, १० असोज । प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि जानकारी नगराई अनुपस्थित प्रहरीलाई तत्काल हाजिर हुन आउन निर्देशन दिएको छ ।
खोजतलास गर्दा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को (२) बमोजिम सूचना निकाल्दा समेत कार्यालयको सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र हाजिर हुन भनेको छ ।
प्रतिक्रिया दिनुहोस्